एसीसी प्रिमियर कप:   नेपाल कीर्तिमानी जितसँगै समूह विजेता

काठमाडाैं | फागुन १, २०८०

एसीसी प्रिमियर कप:   नेपाल कीर्तिमानी जितसँगै समूह विजेता

काठमाडौं:    नेपालले एसीसी प्रिमियर कप अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित दर्ता गरेको छ ।


नेपालले माल्दिभ्सलाई २ सय १४ रनको फराकिलो अन्तरले पराजित गर्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । नेपालले यसअघि समूहमा हङकङ र भुटानलाई हराएको थियो ।


नेपालले प्रस्तुत गरेको २ सय २८ रनको बलियो लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स १३.५ ओभरमा मात्र १३ रन जोड्दै अलआउट भयो । माल्दिभ्सका लागि कप्तान सिमय बिन्तले सर्वाधिक ८ रन जोडिन् । नेपालकी अश्मिना कर्माचार्यले ४ विकेट लिंदा पुजा महतो र रुविना क्षेत्रीले ३/३ विकेट लिए ।


त्यसअघि रुविनाको शतकमा नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय २७ रन जोडेको थियो । रुविनाले शतक प्रहार गर्दा पुजा महतोले अर्धशतकका साथ नेपाललाई विशाल लक्ष्यसम्म पुर्याएकी थिइन् ।


रुविनाले ५४ बलमा शतक पूरा गरेकी थिइन् । रुविना नेपालका लागि पहिलो शतक प्रहार गर्ने महिला खेलाडी समेत बनिन् ।


रुविनाले ५९ बलमा १० चौका र ५ छक्कासहित १ सय १८ रनको योगदान दिइन् । पुजाले करिअरको पहिलो अर्धशतक बनाउने क्रममा ५९ रन बनाइन् । उनले ३६ बलमा ५ चौका र १ छक्का प्रहार गरिन् ।


नेपालको महिला टोलीले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक ठूलो योगफल हो । यसअघि कतारविरुद्ध नेपालले सन् २०२१ मा खेलिएको सिरिजमा १ सय ६४ रन बनाएको थियो ।


नेपालका लागि रुविनाले सर्वाधिक व्यक्तिगत स्कोर पनि बनाइन् । यसअघि कतारविरुद्ध सिरिजमा सीता रानामगरले नटआउट ८२ रनको इनिङ खेलेकी थिइन् । रुविनाले यसअघि आफ्नो सर्वाधिक व्यक्तिगत स्कोर ५० रन पनि कतारविरुद्ध नै बनाएकी थिइन् ।


ओपनर कविता कुँवर तेस्रो ओभरको दोस्रो बलमा शम्मा अलीको बलमा क्याच आउट भइन् । उनले १० बलमा २ चौकासहित १३ रन जोडीन् । लगत्तै कप्तान इन्दु वर्मा पहिलो बलमै क्याच आउट भएकी थिइन् ।


पाँचौ ओभरमा सीता राना मगर ११ बलमा २ चौकासहित १५ रन जोड्दै आउट भइन् । सातौं ओभरमा डली भट्ट ४ बलमा ६ रन जोड्दै पेभेलियन फर्कीइन् । त्यस समय नेपाल ट१(४ को स्थितिमा थियो । नेपालको सुरुवाती ४ विकेट नै क्याच आउट भएको थियो ।


त्यसपछि पुजा र रुविनाले कीर्तिमानी साझेदारी गर्दै नेपाललाई बलियो योगफलसम्म पुर्याए । यी दुईले १ सय ६३ रनको साझेदारी गर्दै नेपालका लागि सबैभन्दा ठूलो साझेदारीको कीर्तिमान पनि रचे । माल्दिभ्सकी शम्मा अलीले ३ तथा नाबा नसिमले १ विकेट हात पारे ।


नेपाल ३ खेलमा ६ अंक जोड्दै समूह विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गर्यो । हङकङको ३ खेलमा ४ अंक छ भने भुटानको २ अंक छ । माल्दिभ्सले खाता खोल्न सकेन ।

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्